मेलम्चीबारे प्रधानमन्त्रीको अर्को फुस्रो आश्वाशन - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

मेलम्चीबारे प्रधानमन्त्रीको अर्को फुस्रो आश्वाशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise bank
मेलम्चीबारे प्रधानमन्त्रीको अर्को फुस्रो आश्वाशन
LBEF
NCH-IPS

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन ।

ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै काम छोडेपछि मेलम्ची खानेपानी आयोजनाका काम ठप्प छ ।

त्यसयतां प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन। करिब ९ महिनादेखि ठप्प रहेको आयोजनाको काममा हालसम्म कुनै पनि प्रगति हुन सकेको छैन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आयोजनाका पदाधिकारीलाई निर्माणस्थलमा जान विभिन्न समयमा निर्देशन दिए पनि स्थानीय ठेकेदारले बिल भुक्तानी नगरेसम्म काम ठप्प पार्ने चेतावनी दिँदै आएका छन् ।

सीएमसीले स्थानीय ठेकेदारलाई तिर्न बाँकी पैसा भुक्तानी नगरेसम्म स्थानीयस्तरमा काम गर्न गाह्रो हुने आयोजनाका एक
अधिकारीले कान्तिपुरलाई बताए। 'विभागीय मन्त्रीज्यूले कति प्रतिबद्धता जनाउनुभयो, त्यसको साध्य छैन । प्रधानमन्त्रीज्यूले
समेत आश्वासनको पोका बाँड्नुभएको छ तर काम सुचारु हुन सकेको छैन ' ति अधिकारीले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस