aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

ओलीले फेरी गरे हावादारी दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise
HIb
ओलीले फेरी गरे हावादारी दाबी
LBEF

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल भित्रमा मुलुकको आर्थिक वृद्धिदरलाई ११ प्रतिशतसम्म पुर्यायने दाबी गरेका छन् ।

प्रधानमन्त्री आलीले आइतबार संसदलाई सम्बोधनका क्रममा सरकारले राम्रो काम गर्दा पनि केही नगरेको आरोप लगाइने गरेको भन्दै गत वर्ष साढे आठ र अर्को वर्ष साढे नौ प्रतिशत पुर्‍याउने दाबी गरे । उनले अन्तिम (पाँच वर्षे कार्यकाल) वर्षमा यसलाई ११ प्रतिशतसम्म पुर्याएर काम नगरेको भन्नेलाई देखाइदिने दाबी गरे । अहिले सम्भवतः विश्वका कुनै पनि मुलुकले गर्न नसकेको काम गर्ने दाबी गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिनाको सरकारको कम गरईलाई हेर्ने हो भने यो वर्षका लागि राखिएको साढे आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुने देखिँदैन ।

सरकारको खर्च आम्दानीको हिसाब राख्ने जिम्मेवारी पाएको निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरु महिना साउनमा सरकारले आफ्नो लक्ष्यअनुसार कुनै पनि क्षेत्रमा काम गर्न सकेको छैन । खर्च र आम्दानी दुवै पाटोमा सरकार चुकेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस