aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

पूर्वयुवराज पारस फेरि विवादमा, एयरपोर्टमा प्रहरीलाई दूरव्यवहार गरेको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise
HIb
पूर्वयुवराज पारस फेरि विवादमा, एयरपोर्टमा प्रहरीलाई दूरव्यवहार गरेको आरोप
File:photo
LBEF

काठमाडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई  थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दूव्यवहार गरेका हुन् । 

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्र्रहरीलाई दुव्र्यवहार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस