aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

१० अर्बभन्दा बढिको आईपीओ आउँदै, पाइपलाइनमा १८ हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ भदौ २०७९
himalayanlife
१० अर्बभन्दा बढिको आईपीओ आउँदै, पाइपलाइनमा १८ हाइड्रोपावर
DHI
NIBL

काठमाडौं । ३१ कम्पनीले साधारण शेयर( आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् । सेबोनका अनुसार यसरी स्विकृतिको पर्खाइमा हरेका कम्पनीहरुको १० अर्ब १५ करोड ७ लाख ३० हजार ७८५ रुपैयाँ बराबरको ७ करोड २९ लाख ४७ हजार ७३१ कित्ता प्रारम्भिक शेयर निष्कासनको आवेदन दिएका हुन् । 

सेबोनमा स्विकृतिका लागि दिएका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्न पाउँ भन्दै बोर्ड समक्ष माग गरेका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ  विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्कासनको तयारीमा छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ । 

आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १८ वटा हाइड्रोपावर, दुईवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिञ्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् । 

सेबोनका अनुसार रिलायन्स स्पाइनिङ मिल्सले बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको छ । जसले ७ लाख ७० हजार ६४० कित्ता बिक्रीमा ल्याउन लागेको हो । यसको शेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै, ट्रेड टापर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार कित्ता शेयर निष्कासनको तयारी गरेको छ । 

त्यस्तै, दुई वटा लघुवित्त कम्पनी आइपीओको पाइपलाइनमा रहेका छन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता निष्कासनका लागि पाइपलाइनमा रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको पनि २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।  

त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ  प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।

त्यसैगरि, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ । 

सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता र सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासनका लागि पाइप लाइनमा रहेको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

१८ हाइड्रोपावर आइपीओको पर्खाइमा  
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । 

त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ । त्यस्तै, रावा इनर्जीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता, ट्रेड टावरको ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।  

बोर्डका अनुसार अप्पर स्याङगे हाइड्रोपावर ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्कासन गर्ने लागेको छ । त्यस्तै, दोल्टी पावर कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । 

त्यसैगरी, सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आइपीओ जारी गर्न बोर्डमा अनुमति मागेको छ । त्यस्तै, माइखोला हाइड्रोपावर १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण शोयर निष्कासनका लागि अनुमति माग गरेको हो । 

थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता, माया खोला हाइड्रोपवर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भुगोल इनर्जी डेभलपमेन्ट १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । 

बोर्डका अनुसार इङवा हाइड्रोपावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता, सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता र मकर जीतुमाया शुरु हाइड्रोपावर २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।  

त्यसैगरी, सुुपरमाई हाइड्रोपावर लिमिटेड १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता, र बाराही हाइड्रोपावरको ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस