
काठमाडौं । देशैभरीका १९ हजार १४ वटा फर्म तथा कम्पनीहरु कारबाहीमा परेका छन् । विभिन्न जिल्लामा रहेका यी कम्पनीहरु नविकरण नगरिएकाले कारबाही गरेको विहीबार उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
त्यस्तै, जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयहरूबाट एकल अनुगमन ५७२ र संयुक्त ४९५ वटा फर्महरूको अनुगमन गरेको जनाएको छ । जिल्ला कार्यालयहरूबाट समयमै नवीकरण नगरेका ३३ वटा फर्मलाई मुद्दा दायर गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हितसंरक्षण विभागको अग्रसरतामा १३८७ फर्मको अनुगमन हुँदा कानुन विपरित काम गर्ने ४०४ फर्मबाट जरिवाना वापत ८३ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
विभागले २०७८ मंसिरदेखि २०७८ चैत्र मसान्तसम्म ७७५ व्यापारिक फर्मको अनुगमन गरी कानुन विपरित कार्य गर्ने ३५२ फर्मलाई कारवाही गरेको जनाइएको छ । उक्त कारबाहीबाट ५३ लाख रुपैयाँ जरिवाना वापत राजश्व संकलन गरेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका २१३ वटा उद्योगको अनुगमन तथा निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ । उद्योग तथा बजारबाट नेपाल गुणस्तर चिन्ह प्राप्त ७५६ वटा वस्तुहरूको क्गचखभष्ििबलअभ ब्गमष्त का लागि नमूना संकलन समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस