aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

नेपाली सेनाले ठूलो मात्रामा नयाँ भर्नाको आवेदन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
नेपाली सेनाले ठूलो मात्रामा नयाँ भर्नाको आवेदन माग
NIBL

काठमाडौं । लामो समयपछि नेपाली सेनाले ठूलो मात्रामा पदपूर्ति गर्न आवेदन माग गरेको छ । नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको छ । 

शहीद सैनिक सन्तति २०० जना, खुला तर्फ २ हजार ८८,  महिला ३५० जना, आदिवासी जनजाति ५५० जना ,मधेशी ४८० जना , दलित २५२ जना र पिछडा वर्ग ८० चार हजार पदमा आवेदन माग गरिएको छ । देशभर २८ स्थानबाट आवेदन दिन सकिने छ भने आवदेन दिन सकिने अन्तिम मिति असोज २३ गतेसम्म छ । थप दस्तुर तिरेर भर्न पाइने समय अर्को एक  हप्ता रहेको छ । 

प्रतिक्रिया दिनुहोस