सुन्दर यातायातको विधुतीय बस भदौको दोस्रो हप्तादेखि सञ्चालनमा - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

सुन्दर यातायातको विधुतीय बस भदौको दोस्रो हप्तादेखि सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise bank
सुन्दर यातायातको विधुतीय बस भदौको दोस्रो हप्तादेखि सञ्चालनमा
LBEF
NCH-IPS

काठमाडाैं । सुन्दर यातायात प्रा.लिले भदौको दोस्रो हप्ता विद्युतीय सवारी साधन ‘सुन्दर यातायात’ सञ्चालनमा ल्याउने भएको छ ।  सुन्दर यातायात र नाफिजको सहकार्यमा भएको तालिममा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले उक्त जानकारी दिए । 

४० वटा सिट क्षमताको भएको उक्त बस नेपाल ल्याउनको लागि एउटा बस बराबर १ करोड ६२ लाख लाग्ने भएको छ । यस वसमा ६५ वर्ष भन्दा माथिको वृद्ध वृद्धालाई भाडा नलाग्ने भनिएको छ ।  

अरू सवारी साधनको जस्तै यस बसमा पनि २० देखि २५ प्रतिशत भाडा छुट गरिने व्यवस्था लागु गरिने भएको छ तर, विद्यार्थीले आफ्नो कलेजको सिफारिस दिएपछि यातायात सेवा सम्बन्धी  सेवा सुविधा पाउन सक्ने छन । 

भदौंको दोस्रो हप्तादेखी ७ वटा बस सञ्चालन गर्ने योजना रहेको र एक महिना भित्र ११ वटा बस थप गरि  सरञचालन गर्ने अध्यक्ष थापाले जानकारी दिए . उक्त बस काठमाडौका मुख्य मुख्य सहर गोगंबु देखि सल्लाघारी, नारायणथान बुढानिलकण्ठ देखि भैसीपाटी, ढुङ्खगे अडा देखि नेपाल मेडिकल कलेज अतरखेल सम्म सञ्चालन हुने भएको छ ।  

उक्त सुन्दर यातायातले प्यासेन्जरकाे लागि ५ प्रकारकाे कार्डको व्यवस्था गरेकाे छ ।  विद्यार्थी कार्ड, नर्मल कार्ड,एक्कल कार्ड, सिनियर कार्ड र कम्पनी कार्ड, बालकालिका कार्डको व्यवस्था रहेको हाे ।  विद्युतीय बसमा ८१ जना शेयर सदस्य र ११ जना सञ्चालक रहेका छन् ।

हालकाे लागि उक्त कम्पनीकाे गाडीहरू काठमाडाैं भक्केपुलस्थित अाफ्नै ग्यारेबाट चार्जिङ गरि सञ्चालन गर्ने भएकाे छ । चार्जिङ स्टेशनबाट एकपटकमा १६ वटा बस चार्ज गर्न मिल्ने छ । चार्ज ३०,६०, १२० केभि मेसिन रहनेछ । एउटा बसमा चार्ज गर्नको लागि २० प्रतिशत  चार्ज भयो भने ४० मिनेट लाग्ने र पुरा चार्ज गर्नको लागि २ घण्टा लाग्ने अध्यक्ष थापाले जानकारी दिए  । 

प्रतिक्रिया दिनुहोस