भदौको पहिलो दिन पनि नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

भदौको पहिलो दिन पनि नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise bank
भदौको पहिलो दिन पनि नेप्सेमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं  । भदौ महिनाको पहिलो दिन खुलेको शेयर बजार घटेर बन्द भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२० अंकले घटेर १२१४.८३ अंकमा झरेको छ । कुल १६० कम्पनीको शेयर ३२ करोड ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । 
साताको पहिलो दिनसमेत रहेको यस दिने कारोबार रकमका आधारमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक रहेको छ ।  यस बैंकको २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकका लगानीकर्ताले कमाएकाका छन् । यस कम्पनीको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ  । त्यसपछि रिलायन्स फाइनान्सको ६.८४ प्रतिशतले बढेको छ ।  आइतबार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य घटेको छ । यस कम्पनीको ४.७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस