
काठमाडौं । चीनमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। चीनको दक्षिण पश्चिममा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान शहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ। भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन्।
सिचाआन प्रान्तमा स्थानीय समय १ बजे भूकम्प गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ।
प्रतिक्रिया दिनुहोस