२८ वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमता कस्को कति ? - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

२८ वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमता कस्को कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise bank
२८ वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमता कस्को कति ?
LBEF
NCH-IPS

काठमाडौं । वाणिज्यहरु बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने क्षमता औसतमा १८ दशमलव ९२ प्रतिशत देखिएको छ । 

८ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक अन्य बैंकभन्दा लाभांश वितरणको क्षमतामा सबैभन्दा अगाडि देखिएको छ । गत आवमा बैंकको ३ अर्ब ६१ करोड ७३ लाख ९२ हजार वितरणयोग्य नाफा रहेको छ । यसको सम्भावित लाभांश ४० दशमलव १७ प्रतिशत रहेकोछ । बैंकले गत आवमा  ५ अर्ब ३२ करोड ८३ लाख ७१ हजार खुद नाफा गरेको छ । 


संस्थापकको मात्र स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ९ अर्ब ४७ लाख ९५ हजार छ । यस वर्ष सबैभन्दा कम लाभांश क्षमता सेञ्चुरी बैंक देखिएको छ । गत आवमा  ८६ करोड ८ लाख २२ हजार खुद नाफा गरेको यस बैंकको वितरणयोग्य नाफा ५३ करोड ५१ लाख २८ हजार रुपैयाँ मात्रै रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार छ । बैंकको वितरणयोग्य नाफाको आधारमा सम्भावित लाभांश ६ दशमलव ३६ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस