
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा विदेशी नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा एक भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको हो ।
विभागका अनुसार भारतको राजस्थान प्रदेश सिक्कर जिल्ला घर भएका कनैयालाल गर्गको नाति सुरज मलको छोरा राजु अग्रवाल भनिने राजेन्द्र कुमार विरुद्ध मुद्दा दायर गरिएको छ । निजले विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।
प्रतिवादी कुमारले चीनबाट सामान ल्याई इलेक्ट्रिक सम्बन्धी व्यवसाय गर्ने भनि अफिसमा नै कर्मचारी राखी बैंक खाता नखोली नगद नै जम्मा गरी गैर कानुनी रुपमा हुण्डीको कारोबार गरेको आयोगले जनाएको छ । उनी विरुद्ध ७४ लाख रुपैयाँ मागदावी सहित मद्दा दायर गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस