सिगात्से–केरुङ रेलमार्ग निर्माण शुरु, काठमाडौंसम्म ७ वर्षमा आउने - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

सिगात्से–केरुङ रेलमार्ग निर्माण शुरु, काठमाडौंसम्म ७ वर्षमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
Sunrise bank
सिगात्से–केरुङ रेलमार्ग निर्माण शुरु, काठमाडौंसम्म ७ वर्षमा आउने
LBEF
NCH-IPS

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।

‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघि बढेको छ ।’  नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ ।  आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट  

प्रतिक्रिया दिनुहोस