aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आठ घण्टा पछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
आठ घण्टा पछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
NIBL

चितवन । पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा  पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अबरुद्ध भएको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार  रोकिएका सवारीसाधनहरु पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस