शीर्षकहरू

एलआइसीले ८८.४५ प्रतिशत हकप्रद निष्कासन गर्ने

एलआइसीले ८८.४५ प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले ८८.४५ प्रतिशत हकप्रद शेयर  निष्काशन गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर  निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत (२ अर्ब ३४ करोड ६८ लाख) रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने लागेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । हकप्रद शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।