आर्थिक वर्षको पहिलो महिना शेयर बजार निराशाजनक - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

आर्थिक वर्षको पहिलो महिना शेयर बजार निराशाजनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
Sunrise bank
आर्थिक वर्षको पहिलो महिना शेयर बजार निराशाजनक
LBEF
NCH-IPS

काठमाडौं । यो सातापनि सेयर बजार  लगानीकर्तालाई निराश बनाउंदै बन्द भएको छ । लगानीकर्ताको मनोवैज्ञानिक विन्दु अर्थात १२ सयको विन्दु पछ्याउँदै सेयर बजार मापक नेप्से परिसूचक १२२४.०३ मा पुगेर अडिएको छ ।

साताभरमा नेप्से परिसूचक १४.५३ अंक घटेको छ । गत साता बिहीवार साउन २३ गते परिसूचक १२३८.५६ विन्दुमा रहेको नेप्से यस साताको बिहीवार परिसूचक १२२४.०३ विन्दुमा आइपुगेको हो । कारोबार पनि १८.४२ प्रतिशतले घटेको छ ।

गत असार ३१ गते र साउन ३० गते भएको नेप्से कारोबारमा परिसूचक ३४.९८ अंक घटेको थियो । असार ३१ गते मंगलबार १२५९.०१ विन्दुमा बन्द भएको परिसूचक साउन ३० गते १२२४.०३ विन्दुमा आइपुगेको हो ।

अघिल्लो सातापनि २५.२८ अंकले ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक र ह्वात्तै घटेको कारोबारले लगानीकर्तालाई निराश बनाएको थियो । लगानीकर्ताका लागि निराशाजनक नै रहेको अघिल्लो साता नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन र पूँजीगत लाभकरको विवादका कारण नेप्से परिसूचकसँगै कारोबारमा पनि गिरावट आएको थियो ।

यो साता पाँच कारोबार दिनमध्ये चारै दिन ओरालो लागेको बजारमा बुधवार भएको सामान्य सुधारले कारोबार रकम बढाउन नसक्दा लगानीकर्ताको मनोबल बढाउन सकेको थिएन । त्यही समस्या समाधान नहुँदा यो साताभर पनि त्यसको प्रभाव रहिरह्यो । साताको अन्तिम दिन सेयर बजार दुई अंकले ओरालो लागेर बन्द भएको थियो । यद्यपि अघिल्लो दिनको तुलनामा कारोबारमा सुधार आएको थियो ।

बिहीबारको नेप्से परिसूचक १.८६ अङ्कले ओरालो लागेर १२२४.०३ अङ्कमा पुगेर अडिएको छ । त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.२४ अङ्कले ओरालो लागेर २६४.६८ अङ्कमा पुगेको थियो । समग्रमा अन्तिम  दिनको नेप्से ०.१५ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ०.४७ प्रतिशतले ओरालो लागेको थियो ।

साताको सुरुवातसँगै शिथिल रहँदै आएको सेयर बजारले बुधबारको कारोबारमा पनि गति लिन सकेको थिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक र कुल कारोबार रकम दुबै कमजोर रहेका थिए । बुधबारको नेप्से परिसूचक ५.१७ अंकले ओरालो लागेर १२२५ मा सीमित भएको थियो । क वर्षका कम्पनीको कारोबार मापनगर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर २६५.९३ कायम भएको थियो ।

साताको दोस्रो दिन केही सुधारको संकेत गरेको सेयर बजार तेस्रो दिनमा पुनः ओरालै लागेको थियो । यद्यपि सेयर बजार मापक नेप्से परिसूचक तीन अंकले ओरालो लागे पनि तेस्रो दिन सुधारिएको कारोबार रकमले भने लगानीकर्तालाई निराश हुन दिएको थिएन ।

मङ्गलबारको नेप्से परिसूचक २.७८ अङ्कले ओरालो लागेर १२३१.०७ अङ्कमा पुगेर अडिएको थियो । त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.२३ अङ्कले ओरालो लागेर २६७.१४ अङ्कमा पुगेको थियो । समग्रमा तेस्रो दिनको नेप्से ०.२३ प्रतिशतले ओरालो लागेको थियो  भने सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको थियो ।

सोमबारको नेप्से परिसूचक ०.१३ अङ्कले उकालो लागेर १२३३.८५ अङ्कमा पुगेर अडिएको थियो । त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.१२ अङ्कले उकालो लागेर २६७.७२ अङ्कमा पुगेको थियो । समग्रमा दोस्रो दिनको नेप्से ०.०१ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले उकालो लागेको थियो ।

आइतबारको नेप्से ४.८४ अङ्कले ओरालो लागेर १२३८.७१ अङ्कमा पुगेर अडिएको थियो । त्यसैगरी, क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.४० अङ्कले ओरालो लागेर २६७.६० अङ्कमा पुगेको थियो । समग्रमा पहिलो दिनको नेप्से ०.३९ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले ओरालो लागेको थियो ।

झण्डै ६७ चार करोडले ओरालो लाग्यो साताको कारोबार

नेप्से परिसूचकको गिरावटसँगै यो साताको कारोबार पनि अघिल्लो साताको तुलनामा ह्वात्तै घटेको छ । यो साताभर कुल १८४ कम्पनीको ७५ लाख ३८ हजार १३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८७  करोड ७७ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो साताको तुलनामा झण्डै ४१ चार करोडले गिरावट आएको हो ।

अघिल्लो साताभर कुल १८४ कम्पनीको ७४ लाख ३८ हजार ८५० कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १९ करोड १३ लाख ९० हजार रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । यो पनि अघिल्लो साताको तुलनामा झण्डै ६७ चार करोडले गिरावट आएको हो ।

यो साताको अन्तिम दिन बिहीबार १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा १७ करोडले बढी थियो । साताको सूरुवातसँगै सिथिल रहँदै आएको सेयर बजारले बुधबारको कारोबारमा पनि गतिलिन सकेको थिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक र कुल कारोबार रकमदुबै कमजोर रहेका थिए । बुधबार २५ करोड ७२ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको थियो ।

सेयर बजार मापक नेप्से परिसूचक तीन अंकले ओरालो लागे पनि तेस्रो दिन सुधारिएको कारोबार रकमले भने लगानीकर्तालाई निराश हुन दिएको थिएन ।
कारोबार रकममा सुधार भएको तेस्रो दिन १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर खरिदबिक्री हुँदा ४८ करोड १६ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा १७ करोड रुपियाँले बढी हो ।

सोमबार कुल १७१ कम्पनीको १८ लाख १५ हजार ९१४ कित्ता सेयर खरिदबिक्री हुँदा ३१ करोड २७ लाख ६६ हजार ७४३ रुपियाँभन्दा बढीको सेयर कारोबार भएको थियो । यो भने अघिल्लो दिनको तुलनामा १० लाख रुपियाँले बढी थियो ।

आइतबार कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता सेयर खरिदबिक्री हुँदा ३१ करोड १७ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा पाँच करोडले कमी थियो । बुधबार १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता सेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भएको थियो ।

सस्तो सेयरमा लगानीकर्ताको आकर्षण

सेयरको मूल्य झनै सस्तो हुँदै गएपछि लगानीकर्ताको आकर्षण भने बढदै गएको छ । सस्तो मूल्यमा सेयर कारोबार गर्नेहरुको संख्या निरन्तर थपिंदै गएको छ । सोही कारण खरिदबिक्री रकममा क्रमशः सुधार भने आउन थालेको छ । बजेटपछि निरन्तरजसो घटेको बजारमा अब पेनिक सेलिङ सकिएको विश्लेषण गरिएको छ । लगातार घटेको बजार सुस्त र स्थिरप्रायः पछि अब बाउन्स ब्याक हुने विश्लेषणहरु भइरहेका छन् । यसलाई कतिपयले बुल रन अघिको बजार प्रवृत्ति पनि भनेका छन् ।

पुँजी बजार सुधारका कार्यहरु अघि बढिरहनु, बजारलाई नकारात्मक असर पुर्याउने पक्षहरु पनि विस्तारै समाधान हुँदै जानु, बैंकिङ प्रणाली तरलता सहज हुनु, ब्रोकर मार्फत मार्जिन लेन्डिङ प्रक्रिया सुरु हुँदै गर्नु, बजार पूर्णरुपमा प्रविधिमैत्री बन्ने तरखरमा हुनुलगायतका कारण बजारको भविष्य राम्रो देखिने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस