aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

'शेयर बजारको डाटा सुरक्षाका लागि हेटौडामा डाटा सेन्टर स्थापित गर्नका धमाधम काम भइरहेको छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ भदौ २०७९
Sanima Bank
LBF

सिडिएस एण्ड क्लियरिङ(सिडिएससी)ले केन्द्रीकृत निक्षेप, क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्न स्थापना भएको कम्पनी हो । हाल करिब ८ खर्बभन्दा बढी शेयर अभौतिकरण भएका छन् । शेयर बजारलाई प्रविधिमैत्री बनाउने र आम लगानीकर्तालाई शेयर बजारमा सहज पहुँच बनाएको सिडिएससीका कारण करिब ५४ लाख नेपालीहरुको डिम्याट खाता भइसकेको छ । शेयर बजारलाई अझ प्रविधिमैत्री बनाउन सिडिएससीले केके काम गर्दै छ भन्ने विषयमा केन्द्रीत रहेर यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यसँग आर्थिकन्युज डटकमले कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादित अंशः 

 सिडिएस एण्ड क्लियरिङले केके काम गर्छ र अहिले के के काम गरिरहेको छ ?      
सीडीएस एण्ड क्लियरिङ लिमिटेड कम्पनी ऐन अन्तर्गत स्थापना भएको कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) द्वारा नेपालमा केन्द्रीकृत निक्षेप, क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्न सन् २०१० मा प्रवर्द्धन गरिएको कम्पनी हो । कम्पनीको उद्घघाटन सन् २०११ मा भएको हो । कम्पनीको मुख्य उद्देश्य विभिन्न उपकरणहरू (इक्विटी, बन्ड, र वारेन्ट आदि) को लागि केन्द्रीय निक्षेपको रूपमा काम गर्नु हो । विशेषगरी अभौतिकीकृत रूपमा धितोपत्रहरू ह्यान्डल गर्न यस संस्थालाई धितोपत्र प्रमाणपत्रहरू सुरक्षित गर्ने, जम्मा गर्ने र निकाल्ने र उक्त उपकरणहरूको स्वामित्व/अधिकार हस्तान्तरण गर्ने जिम्मा दिइएको छ । नेपाल धितोपत्र बोर्डको धितोपत्र नियमावली अन्तर्गत कम्पनीले निक्षेपको कार्य सम्पादन गर्नेछ । सीडीएस नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । जुन २०६७ पौष ७ मा स्थापना भएको हो ।

मुलत्तः सिडिएस एण्ड क्लियरिङको नामबाट काम के के गर्छ भनेर थाहा हुन्छ । भौतिकरुपमा सम्पत्तिहरुको अभिलेख राख्ने भन्ने नै हो । नेप्सेमा कारोरबा हुने शेयर कारोबारको राफसाफ गर्ने क्लियरिङ गर्ने ज—जस्ले किनबेच गरे उनीहरुको नामबाट नामशारी गर्ने काम गर्छौ । नामसारी भएकाहरुको कारोबारका लागि तयार गर्ने गर्छौ । यसका सार्थ घरायसी नामसारी, डिम्याट खाताको रेकर्डहरु राख्ने लगायतका कामहरु गर्छौ । साधारण शेयर (आईपीओ) भर्दा पोर्टफोलियो हेर्नेदेखि लिएर पुँजीगत लाभ करको गणना गर्ने काम पनि हामीले गरिरहेका हुन्छौं । हामी अहिले करिब ३६ वटा कामहरु हामी गर्छौं । कुनै कम्पनीले लाभांश वितरण गर्नु पर्यो भने उसले डिम्याटको माध्यमबाट हाम्रै सिस्टममा आएर वितरण हुन्छ ।  सिडिएस एण्ड क्लियरिङको आइटीमा ठूलो लगानी रहेको छ । यसको सुरक्षाका लागि विभिन्न कामहरु गरिरहेका छौं ।  

नेपालको शेयरका अभौतिकरणको भूमिका निर्वाह गरिरहनु भएको छ । यसको अनुभव कस्तो रह्यो ?
विं स. २०७२ सालदेखि शेयर अभौतिकरणको प्रक्रिया शुरु भएको हो । शेयर अभौतिकरण गर्नका लागि त्यतिबेला निकै नै कठिनाइ रहेको थियो । त्यतिबेला कठिनाइ भएपनि पछिल्लो समय अभौतिकरुपमा नै डिम्याट खाता खोलिने प्रवृतिका कारण पनि सहज बन्दै गएको छ । अहिले शेयर अभौतिकरण गर्नका लागि खासै कठिनाई छैन । तथापि अहिलेको अवस्थामा पनि ८६/८७ प्रतिशत धितोपत्र अभौतिकरण भएका छन् । पुराना शेयर र दुरदराजमा रहेका मानिसहरुले शेयर अभौतिकरण अझै पनि नगरिरहेको अवस्था छ । 

शेयर अभौतिकरण गर्दा कम्पनी, ग्राहक र प्रविधिले कतिको साथ दिइरहेको छ ? 
शेयर अभौतिकरण गर्दा कम्पनी, ग्राहक र प्रविधिले कतिको साथ नदिएको भए अहिलेको अवस्थासम्म सायद आइपुग्न पनि सकिदैन थियो होला । उहाँहरुले साथ दिएर नै अहिलेको अवस्थामा आइपुगेको हो । २०७२ पछि यतिधेरै सहभागी हुनु भनेको साथ सहयोग पाएर नै हो । 

सरकारले लगानी गरेको संस्थाहरु चाँही केहि अभौतिक भइसकेका छैनन् । यसका साथै दुरदराजमा रहेकाहरुले प्रविधिको पहुँच नपुगेका कारण पनि उहाँहरुले शेयर अभौतिकरण नगरेको हुनसक्छन् । यसमा हामीले विभिन्न कार्यक्रम गर्दै डिजिटलाइजेसनमा जाड्ने कोशिस गरिरहेका छौं ।  

सरकारले लगानी गरेको संस्थाहरुको किन अभौतिकरण हुन सकेन ?
विभिन्न सार्वजनिक निकायमा गरेको सरकारको लगानी डिम्याट फर्म आइसकेको अवस्था थिएन । योबीचमा यसको शुरु भइसकेको छ । अर्थ मन्त्रालयले निर्णय गरेर जुन जुन मन्त्रालयको लगानी भएको हो । उसैले डिम्याट खोलेर सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत डिम्याट गर्ने भनेर शुरु भइसकेको छ । अब चाडै नै यो सबै डिम्याटमा आउँछ भन्ने विश्वास छ ।

डिम्याट नभएकाहरुलाई आउनका लागि कसरी सहजीकरण गर्न सकिन्छ ? 
यसका लागि हामीले मात्रै होईन विभिन्न निकाय तथा कम्पनीहरुले पनि सहजीकरण गरिरहेका हुन्छन् ।  डिम्याट फर्ममा नआएकाहरुलाई लाभांश दिन पनि कठिनाइ हुने गर्छ । यसले गर्दा कम्पनीहरुले डिम्याटमा आउन आग्रह गरिरहेका हुन्छन् । हामीले पनि विभिन्न सचेतना कार्यक्रम मार्फत डिम्याट फर्ममा आउनका लागि आग्रह गरिरहेका छौं । त्यस्तै, ग्राहक ग्राहकको माध्यमबाट पनि डिम्याटमा आउनका लागि आग्रह गरिरहनु भएको छ । 

शेयरको सर्टिफिकेट राखेर बसेका लगानीकर्ताहरुको सम्पत्ति अहिले क्लाउडमा रहेको छ । यसको सुरक्षाबारे लगानीकर्तालाई कतिको भरोसा दिलाउन सकिरहेका छौं ?  
आफ्नो शेयरको सुरक्षाका लागि सबै लगानीकर्ताहरुलाई ढुक्क हुन आग्रह गर्छु । हामीले ठूलो लगानी गरेर अत्यन्तै विश्वसनीय हार्डवयर सफ्टवयर डेटा सेन्टरहरु स्थापित गरेका छौं । हाम्रो सबै डेटा सेन्टर सिंहदरबार सूचना प्रविधि केन्द्रमा रहेको छ । यसको थप सुरक्षाका लागि हामसँग व्याकपहरु रहेको हुन्छ । यहि भाद्र महिनाभित्र अर्को डेटा सेन्टर हेटौडामा स्थापित गर्नका लागि धमाधम काम गरिरहेका छौं । अहिले ३० खर्ब भन्दा बढी पुँजीकृति सम्पत्ति रहेको छ । यसप्रति हामी एकदमै संवेदनशिल रहेका छौं । शेयर सुरक्षामा लगानीकर्ता विश्वस्त हुन अनुरोध गर्दछु । 

क्लाउडमा शेयर अभौतिकरण गरिरहँदा त्यहाँ भित्र पनि ठूलो साइबर क्राइम, ह्याकिङका सञ्जालहरु रहेका छन् । सफ्टवयर उच्च प्रोटेक्टेट छ छैन भनेर सिस्टम अडिट कसले गर्छ ? 
सिस्टम अडिट गर्ने प्रोफेसनल कम्पनीहरु रहेका छन् । उहाँहरुले आफ्नै खालको म्यानपावर राखेर विकास गरिरहेका छन् । हामीले पनि बैंकहरुले जस्तै हाम्रो सुरक्षा यथस्ट मिलाएका हुन्छौं । हामीले पनि हाम्रो साइडबाट गर्नु पर्ने सम्पूर्ण कामहरु गरेका छौं । यसले गर्दा ठूलो दुर्घटना भयो भने चाँही भन्न सकिदैन । तर, नर्मल्ली सुरक्षामा एकदमै ध्यान दिएका छौं । सिस्टम अडिट गर्ने भन्नेबारे पनि हामीले तयारी गरिरहेका छौं । यसका लागि हामीले आइटी पोलीसीहरु तयार गरेर दिनु पर्ने हुन्छ । यससंगै आइटीसंग सम्बनधीत सबै कामहरु गरिरहेका छौं । चाडै नै यी कामहरु गर्ने छौं । 

शेयरमा सहभागी हुने नेपालीको दायरा वृहत बन्दै गएको छ । यसले गर्दा हामीलाई भोलीका दिनमा शेयर बजारको दह्रो जग बसाउन मद्दत पुग्छ । डिजिटल माध्यमका कारण पनि शेयरमा सहभागी हुनेको संख्या बढेको हो । भोलीका दिनमा थप फिचरहरु दिने हामीले कामहरु गरिरहेका छौं । 


 
धितोपत्रको ३० खर्बभन्दा बढी पुँजीकृत सम्पत्ति रहेको छ । यो सबै क्लाउडमा रहेको छ । यसमा केहि भइहाल्यो भने रिकोभरीका लागि बीमामा जानेबारे के छ धारणा ?
हामीले कार्यालयका भौतिक सामानहरुको बीमा गरेका छौं । ३० खर्बको पुँजीकृत सम्पतिको भने बीमा गरेका छैनौं । तर, यसका फिजिकल इक्युपमेन्टहरुको बीमा गरेका छौं । यो सम्पति नहराओस भनेर विभिन्न लियरमा डाटा राखेका हुन्छौं । लगानीकर्ताको सम्पत्ति सुरक्षाका लागि हामी निरनतर लागि रहेका छौं । लगानीकर्ताहरुले यसमा समस्या हुन्छ भनेर चिन्ता लिनु पर्ने छैन । 

डिम्याट खाता खुलेको संख्या हेर्ने हो भने शेयर बजारमा आम मानिसहरुको ठूलो सहभागिता देखिएको छ । हाम्रो जनसंख्याको आधारमा हेरे जस्तै विश्वमा पनि यसरी नै जोडिका छन् ?


हामीले अन्य मुलुकहरुमा त्यति धेरै विस्तृतमा अध्ययन नै गरेका छैनौं । नेपालको जनसंख्याको हिसाबमा हेर्ने हो भने यसरी डिम्याट खुलेको संख्या धेरै नै हो । भारत, बंगलादेशको तुलनामा नेपालमा शेयर बजारमा सहभागी हुनेको संख्या धेरै नै हो । दुरदराजका मानिसहरु पनि सहभागी हुनेको संख्या बढ्दो रहेको छ । शेयरमा सहभागी हुने नेपालीको दायरा वृहत बन्दै गएको छ । यसले गर्दा हामीलाई भोलीका दिनमा शेयर बजारको दह्रो जग बसाउन मद्दत पुग्छ । डिजिटल माध्यमका कारण पनि शेयरमा सहभागी हुनेको संख्या बढेको हो । भोलीका दिनमा थप फिचरहरु दिने हामीले कामहरु गरिरहेका छौं । 

स्टकलाई डेरिभेटिकमा लैजाने तयारी छ भनिएको छ । यदि त्यसो भयो भने सिडिएसमा पनि थप केहि गर्नु पर्छ ?
गर्नु पर्छ । फाइनान्ससियल डेरिभेटिकको प्राडकट आएमा भोलि कामको लागि हाम्रामा नै आउने हो । त्यसका लागि सेटलमेन्टको सफ्टवयर बनाउने लगायतका कामहरु हामीले गर्ने तयारीमा लागेका छौं । नयाँ चिजहरु ल्याउनका लागि समय लाग्ला त्यति अनुसार नै हामीले तयारी गरेर छलफल परामर्श लिइरहेका छौं । 

प्रतिक्रिया दिनुहोस