घर र शौचालय बनाउने नक्कली ५ जना ठेकदार पक्राउ - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

घर र शौचालय बनाउने नक्कली ५ जना ठेकदार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
Sunrise bank
घर र शौचालय बनाउने नक्कली ५ जना ठेकदार पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका(४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थितमा विभिन्न व्यक्तिहरुको गिरोहले ठगी गर्दै गरेको भन्ने सूचनाको आधारमा उक्त बृत्तबाट खटिएको प्रहरीले उनीहरुलाई चितवन राप्ती नगरपालिका(१३ बस्ने २ जना व्यक्तिलाई ठगी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

निजहरुले मकवानपुरको लोथरमा ३ सय घर धुरीको चेपाङ वस्ती बनाईदिने भनी प्रत्येक घर धुरीबाट फर्म भरे वापत २ हजार रुपैयाँ र पछि उक्त रकम बराबरको घर र शौचालय बनाई दिने भनी ठगी गर्ने गरेको अनुसन्धनाबाट खुल्न आएको छ । 

प्रतिक्रिया दिनुहोस