aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

दुवईमा अलपत्र परेका तीन जना युवालाई दुर्गा प्रसाईले उद्धार गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ भदौ २०७९
दुवईमा अलपत्र परेका तीन जना युवालाई दुर्गा प्रसाईले उद्धार गरे
NIBL

काठमाडौं । युनाइटेड अरब इमिरेट्सको दुवईमा अलपत्र परेका तीन जना युवालाई दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश ल्याएका छन् । रोजगारीको क्रममा दुवई पुगेका गोविन्द केसी, सन्दीप तिमिल्सिना र चन्द्रबहादुर बुढाथोकीलाई उद्दार गरेका हुन । 

दाङ, तुलसीपुरका गोविन्द केसी–२३, नवलपरासी गैडाकोट, १६ का सन्दीप तिमिल्सिनना–२७ र खोटाङ वोयङका चन्द्रबहादुर बुढाथोकी–३० लाई १० भदौमा स्वदेश ल्याएका हुन् । खोटाङका बुढाथोकीबाट २ लाख सात हजार रुपैयाँ लिएर दलालले नौ महिना अघि ‘भिजिट’ भिषामा दुवई पुर्याएका थियो । भिजिट भिषामा लैजाने दलालहरुको समूहले उनलाई दुवईको सारजा पुर्याएर डेड महिना एउटा कोठाभित्र राखे । 

नवलपरासी गैडाकोटका तिमिल्सिना प्लस टु पास गरेर घरमै बसिरहेका थिए । भिजिट भिसामा ८५ हजार तिरेका थिए भने त्यहाँ पुगेर एक हजार डलर बुझाएका थिए । तिमिल्सिनाले फिलिपिनोको ‘सप्लाई’ कम्पनीमा काम पनि पाए । एक वर्षसम्म काम राम्रै थियो ।

दाङका केसीले साढे चार लाख रुपैयाँ तिरेर भिजिट भिषामै दुवई गएका थिए । केसीका शब्दमा उनलाई नेपालबाट गजेन्द्र बोहोरा नामका दलालले उडाएको उनले बताए ।  दुवईमा लक्ष्मण गुरुङले अलपत्र बनाएका थिए । यसअघि पनि प्रसाईले दुवईमा दुर्घटनामा परी कोमामा पुगेकी महिलालाई उद्धार गरेर नेपाल ल्याएका थिए । 

प्रतिक्रिया दिनुहोस