aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

गुठी तहसिल तथा खर्च कार्यालयका प्रमुखसहित ३१ जना विरुद्ध मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ भदौ २०७९
Prabhu Bank
गुठी तहसिल तथा खर्च कार्यालयका प्रमुखसहित ३१ जना विरुद्ध मुद्दा
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा ३१ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसमेत ३१ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो । 

धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी परेको थियो । उक्त सम्बन्धमा अनुसन्धान हुँदा गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत रायसहित टिप्पणी पेश गर्ने गरिएको पाइएको आयोगको भनाई छ । 

साथै उक्त कार्यको स्वीकृत दिने समेतका गैरकानूनी क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारेको उनीहरु विरुद्ध आरोप रहेको छ । साथै नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूसमेतलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यमा संलग्नता रहेका अन्य व्यक्ति समेतलाई देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।     
 

प्रतिक्रिया दिनुहोस