हिमालयन डिष्टिलरीले नाफा ५१ करोड पुर्योयो - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

हिमालयन डिष्टिलरीले नाफा ५१ करोड पुर्योयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise bank
हिमालयन डिष्टिलरीले नाफा ५१ करोड पुर्योयो
LBEF
NCH-IPS

काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन डिष्टिलरीले  ५१ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले उक्त नाफा आर्जन गरेको देखिएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष वस्तु विक्रीबाट कम्पनीले २ अर्ब ९२ करोड १६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्ष २४ अर्ब २४ करोड ६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको हाल ३८ करोड ५६ लाख ४५ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ भने जगेडा कोषमा  ९२ करोड ३९ लाख ३८ हजार रुपैयाँ छ । 

प्रतिशेयर आम्दानी १३३ दशमलव ५३ प्रतिशत रहेको कम्पनीले आर्थिक वर्षमा देखिएको सञ्चित मुनाफाबाट प्रतिशेयर  ६८ दशमलव ४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितरण गरेको छ । यस कम्पनीले मदिराजन्य पेय पदार्थ उत्पादन गरी विक्री वितरण गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस