देवः विकास बैंकले कमायो ३८ करोड बढी - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

देवः विकास बैंकले कमायो ३८ करोड बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise bank
देवः विकास बैंकले कमायो ३८ करोड बढी
LBEF
NCH-IPS

काठमाडौं । देवः विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ३८ करोड ९१ लाख ८६ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा कम्पनीको नाफा ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ  रहेको छ । भने जगेडा कोषमा ४८ करोड ५९ लाख ९४ हजार रुपैयाँ छ । 

कम्पनीले गत वर्ष २१ अर्ब ७८ करोड १९ लाख ८३ हजार रुपैयाँ  निक्षेप संकलन गरेको छ भने २० अर्ब ७ करोड ७४ लाख ८५ हजार रुपैयाँ  कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ दशमलव २५ प्रतिशत छ ।
 

प्रतिक्रिया दिनुहोस