रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड बराबरको आइपीओ आउने - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड बराबरको आइपीओ आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise bank
रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड बराबरको आइपीओ आउने
LBEF
NCH-IPS

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरे । 

सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने भएकाे छ । 

प्रतिक्रिया दिनुहोस