aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

तिहार नआउँदै काठमाडौं झिलिमिली हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise
HIb
तिहार नआउँदै काठमाडौं झिलिमिली हुँदै
LBEF

काठमाडौं । नेपालीहरूको महानचाँड दशै र तिहारको अवसर पारेर काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका सडकको सडक पेटी , रेलिङ, ढल मर्मत लगायतका कार्य सुरु गर्ने भएको हो । 

महानगरले पानी जम्ने ठाउँको खाल्डाखुल्डी पुर्ने, महानगर भित्र रहेका मुख्य मुख्य ठाउँ जुन सडक बिभागले हेर्दै आएको जेब्रा क्रसिङ रोड क्रसिङका कार्य दशै अगाडि नै सक्ने भएको छ । 

महानगरले पानी जम्ने स्थानहरु समेत ७ दिनभित्र पहिचान गरी काम सुरु गरिने जनाएको छ । सो कामहर भदौ मसान्तभित्र सम्पन्न गरिने महानगरका शहरि शुव्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुवरले बताए । 

काठमाडौं महानगपालीकाको साउन २९ गते बसेको बैठकको निर्णय अनुसार दशै अगाडि नै सहर झिलिमिली बनाउने कार्य हुन लागेको हो । कुवरले भने ‘अबको ७ दिनमा सबै पहिचान गरी हामी काम सुरु गर्ने छौँ, भाद्र मसान्तसम्ममा मर्मत सम्भारको काम सक्ने योजना छ,’ 

उनका अनुसार यस योजना अन्तर्गत केयूकेएलको खानीपानीको पाइप लाइन सडक पेटीमा विच्छाउदा खनेको भागलाई मर्मत गर्ने क्रममा त्यसको दायाबाया तथा जोडिएका अगाडी पछाडि समेत मर्मत गर्नु पर्ने छ । त्यस्ता काम केयुकेएलको पीआईडीबाट मर्मत सम्भार हुने निर्णय गरिएको छ । 

महानगर क्षेत्रभित्रका मूख्य–मूख्य सडकमा सडक विभागबाट गराउदै आएको जेब्राक्रसिङ रोड मार्किङको कार्य दशै अगाडी सम्पन्न गर्ने निर्णय भएको हो । 

आकाशे पुल रंगीदै महानगरले भिजिट नेपाल २०२० लाई मध्यनजर गरी महानगरभित्र विकासका कामहरूमा प्रभावकारी ढंगले निरन्तरर्ता दिदै लैजाने कुवरले जानकारी दिए । 

सहर रंगाउने क्रममा टुडिखेल वारिपरी तथा जमल स्थित आकाशेपुलको मर्मत सम्भार तथा रङरोगन गरिने भएको छ । महानगरले सार्वजनिक निजी साजेदारीमा आकासे पुलहरुमा रंगरोगन गर्न लागेको हो । 

यस्तै महानगर क्षेत्रभित्र विभिन्न प्रयोजनको लागि विद्युतीय तथा टेलिफोनका पोलमा जथाभावी जडान गरिएका तारहरु व्यवस्थित गरिने भएको छ । त्यसका लागि सम्वन्धित केबुल तथा यसोशियसनहरुलाई का.म.पा नगर प्रहरी मार्फत पत्राचार गरिएको छ । 

सो कार्यन्वयनका क्रममा ठाउँठाउँमा झुण्डिएर लत्रिएका देखिने, दुर्घटना घट्ने र यातायातमा अवरोध पर्ने देखिएका तारहरुको का.म.पा वातावरण व्यवस्थापन विभागले व्यवस्थापन गर्ने निर्णय भएको कुवरले बताए । 


 

प्रतिक्रिया दिनुहोस