aarthiknews.com विहीबार, २२ जेठ २०७७   Thursday, 04 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

परिवारभित्रका म्यानपावर मर्ज गर्नैपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
Sunrise
परिवारभित्रका म्यानपावर मर्ज गर्नैपर्ने
LBEF

अब एकै परिवारका सदस्यले एकभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने भएका छन् । एकाघर सगोलका परिवारको सेयर रहेको एकभन्दा बढी म्यानपावर कम्पनी अब अनिवार्य रुपमा गाभिनुपर्ने भएको छ ।
एकाघर सगोलका सदस्यको दुईभन्दा बढी सेयर भएको संस्थालाई सरकारले इजाजत नदिने भएपछि यस्ता म्यानपावर अनिवार्य एक अर्कामा गाभिनु (मर्ज) हुनुपर्ने भएको हो । वैदेशिक रोजगार ऐन गत फागुनमा संशोधन गरेर सरकारले एकै परिवारका सदस्यमा नाम रहेको दुई वा दुईभन्दा बढी संस्थामा सेयर राख्न नपाउने व्यवस्था गरेको हो ।
संशोधित वैदेशिक रोजगार ऐन अनुसार ऐन अनुसार एकाघरका परिवारका सदस्यको सेयर रहेको एकभन्दा बढी संस्थालाई अब इजाजतपत्र नदिने भएपछि अनिवार्य गाभिनुपर्ने भएको हो । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस