aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

अपर तामाकोशी हाइड्रोपावर १ अर्ब ८७ करोडभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
Sanima Bank
अपर तामाकोशी हाइड्रोपावर १ अर्ब ८७ करोडभन्दा बढी नोक्सानीमा
LBF

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नोक्सानीमा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी रू. ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

गत वर्ष कम्पनीले रू. ७ अर्ब १७ करोडभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेपनि वित्तीय खर्च उल्लेख्य बृद्धि हुँदा नोक्सानी बढेको हो । अघिल्लो वर्ष रू. १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत वर्ष रू. ५ अर्ब ६२ करोडभन्दा बढी यो खर्च भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । रिटेन्ड अर्निग भने कम्पनीको रू. २ अर्ब ७१ करोडभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा र अल्पकालिन कर्जानै अघिल्लो वर्षको तुलनामा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष रू. ४० अर्ब ५८ करोडभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष रू. ७३ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ । 

त्यस्तै अघिल्लो वर्ष रू. ३ अर्ब ८० करोड रहेको अल्पकालिन कर्जा गत वर्ष रू. ५ अर्ब ६३ करोडभन्दा बढी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७४ दशमलव ३३ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस