aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
Sanima Bank
स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम सञ्चालनमा
LBF

काठमाडौं । नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नसधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको उनले बताए । 

कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । 

जगदम्बा मोटर्स प्रालि टिभिएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ ।

आज, टिभिएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।
 

प्रतिक्रिया दिनुहोस