aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

राष्ट्रपति  भण्डारीद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
Sanima Bank
राष्ट्रपति  भण्डारीद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण
LBF

पोखरा  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूर्ण केबलकार चढि सोमबार साँझ  सराङकोटसम्म यात्रा गरेकी छिन । सोमबार साँझ  केबलकारबाट सराङकोट पुगेकी  राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् ।
 
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन  भएको हो । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।
    

प्रतिक्रिया दिनुहोस