aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विश्व कफ फुटबलमा साइबर सुरक्षाका लागि विषेश योजना बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ साउन २०७९
himalayanlife
विश्व कफ फुटबलमा साइबर सुरक्षाका लागि विषेश योजना बनाइने
DHI
NIBL

एजेन्सी । कतारमा हुने विश्व कफ फुटबल अवधिका बेलामा साइबर सुरक्षाका लागि विषेश योजना बनाएको छ ।  कतारको राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए)ले अध्यक्ष अब्दुलरहमान बिन अली अल फराहिद अल्माल्कीले फिफा विश्वकप कतार २०२२ मा साइबर सुरक्षा प्रणाली प्रदान गर्ने प्रयास जारी राखेको बताएका हुन।

स्थानीय मिडियाका प्रतिनिधिहरुसँगको भेटमा अल्माल्कीले एजेन्सीका कर्मचारीहरुले उत्कृष्ट विश्व स्तरीय अभ्यासको आधारमा देशभर साइबर सुरक्षाको सुदुढीकरणको ग्यारेन्टी गर्ने योजना बनाएको बताए । 

नोभेम्बरमा शुरु हुने प्रतियोगितामा आफ्नो एजेन्सीको भूमिका बारेमा बोल्दै अल्माल्कीले खेलकुद सम्बन्धित योजनाहरु सक्रिय गर्ने, सम्भावित साइबर खतरा, ह्याकिङहरुको प्रभावकारी ह्यान्डलिङका साथै साइबर आक्रमणहरु पत्ता लगाउने र साइबर सम्बन्धित घटनाहरुमा तत्काल प्रतिक्रिया दिने योजना सुनाए।

स्टेडियमहरूको सञ्जाल परीक्षणका साथै देशभरका १०० भन्दा बढी महत्वपूर्ण सुविधाहरूको साइबर सुरक्षाको सम्भावना र खतराहरूको मूल्यांकन गर्ने पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस