साताको अन्तिम शेयर कारोबार घटेर बन्द भयो - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

साताको अन्तिम शेयर कारोबार घटेर बन्द भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
साताको अन्तिम शेयर कारोबार घटेर बन्द भयो
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । यस दिन १ दशमलव ८६ अंकले गिरावट हुँदै परिसूचक १२२४ दशमलव  शून्य ३ अंकमा झरेको छ ।
बिहीबार कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर ४२ करोड ४३ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम अघिल्ले दिनको तुलनामा केही बढी हो । नेप्सेमा यस दिन सबैभन्दा बढी माछापुच्छ«े बैंकको शेयर कारोबार भएको छ । यस कम्पनीको मात्रै ५ करोड ३७ लाख ८६ रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 
समग्र परिसूचकमा गिरावट आएको दिन मञ्जुश्री  फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै आज पनि वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । यस दिन बैंकिङ, जलविद्युत्, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समूहमा गिरावट आएको छ भने बाँकी सबै उपसमूह बढेका छन् ।
 

प्रतिक्रिया दिनुहोस