aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

प्रधानमन्त्री देउवालाई भेटेर नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले राखिन् चासो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
Global IME
प्रधानमन्त्री देउवालाई भेटेर  नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले राखिन् चासो
DHI
nmb

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर नागरिकता विधेयकका बारेमा चासो राखेकी छिन् । शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले र प्रधानमन्त्री देउवासँग प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकबारे चासो राखेकी हुन् ।

श्रोतका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमा समेटिएका केही प्रावधानबारे चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग भेट गरेकी थिइन् । सो भेटमा पनि उनले नागरिकता विधेयकका बारेमा जानकारी लिएकी थिइन् ।

सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो । त्यस्तै राष्ट्रियसभाले साउन १२ गते विधेयक पारित गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएका थिए । राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकमाथि विचार गर्न १५ दिनको समयसीमा छ ।

यतिबेला राष्ट्रपतिले उक्त विधेयक प्रमाणिकरण नगरी फिर्ता पठाउन सक्ने सम्भावनाको चर्चा पनि चलिरहेको छ भने सत्तारुढ दलका कतिपय नेताहरुले यसमा असन्तुष्टि जनाइ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस