aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

नापतौल कार्यालयले एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise
HIb
नापतौल कार्यालयले एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर
LBEF

    हेटौँडा ।   नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा  मुद्दा दायर भएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि बिहीबार मुद्दा दायर गरेको हो ।     
 उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताए ।  सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानाको दाबीसहित मुद्दा दायर गरेको बताएको छ । 
 

प्रतिक्रिया दिनुहोस