aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

बागमती प्रदेश यातायात कार्यालयमा ४ः३० देखिसमेत अनलाइन फाराम खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
बागमती प्रदेश यातायात कार्यालयमा ४ः३० देखिसमेत अनलाइन फाराम खुला
LBF

काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पु¥याएको मन्त्री दाहालले जानकारी दिए । उनका अनुसार विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । 

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोलि नै आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ । 
 
मन्त्रालयका सचिव यमलाल भुसालले सबभन्दा बढी आवेदन जगातिस्थित कार्यालयबाट दिन सकिने र सबभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताए ।  एकान्तकुनामा सवारी चालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासो फछ्र्योट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको सङ्ख्या अत्यधिक हुने भएकाले तत्कालका लागि न्यूनतम कोटा तोकिएको उनले जनाए ।

बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिव भुसालले बताए । यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको सुुरुआत भइसकेको उनको भनाइ छ । 

सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/ मा गएर तोकिएबमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवदेन दिनसक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिनसक्ने बेहोरा सूचनामा खुलाइएको सचिव भुसालले बताए । 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायातमन्त्री दाहालको निर्देशनका आधारमा सुधारकार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिव भुसालले जानकारी दिए । 

उनका अनुसार बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् । बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । राससa

प्रतिक्रिया दिनुहोस