aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वार्षिक कार्ययोजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वार्षिक कार्ययोजना सार्वजनिक
LBF

भैरहवा । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ रुपन्देहीले आज एक कार्यक्रमका बीच वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । आज सरोकार निकायको प्रत्यक्ष उपस्थिति गराएर कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षि कार्यायोजना सार्वजनिक गरेको हो । 

२०७३ साल देखि १० वर्षे कार्ययोजनाका साथ स्थापना भएको कार्यालयले माछा, तरकारी, धान, गहुँ, दुध र मासुजन्य उत्पादनमा लगानी गर्दै आएको छ । परियोजनाले रुपन्देहीमा माछा जोन र सुपरजोन कमाण्ड क्षेत्रको लागि १ हजार ५ सय १६ हेक्टर, जोन सुपरजोन ढाकेको क्षेत्र १ हजार १ सय ५ हेक्टर, परियोजना पूर्व जोन ६ सय ६० हेक्टर लगानी गर्दै आएको छ ।

गहुँ जोन र सुपरजोन कमाण्ड क्षेत्रको लागि ८ हजार हेक्टर, जोन सुपरजोन ढाकेको क्षेत्र ९ सय २१ हेक्टर, परियोजना पूर्व जोन ५ सय ३५ हेक्टर लगानी गर्दै आएको कार्यालय प्रमुख नारायण काफ्लेले बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चापागाईंले अनुदानमुखि कृषिले उपलब्धी हाँसिल गर्न नसक्ने बताउँदै कार्यालयका कर्मचारीले प्रपोजल तयार पारेर दिइने अनुदान राखेज हुनु पर्ने माग राखे ।

संघीय कार्यक्रमहरु जिल्ला समन्वय समितिकोको सहकार्यमा हुनुपर्ने धारणा जिल्ला समन्वय समिति नवलपरासीको सभापति भगवती प्रसाद यादवले राखे ।

कृषि क्षेत्रमा लगानी गर्न स्थानीय सरकार सक्रिय भए कृषी उत्पादनमा छिटै नै आत्मनिर्भर हुन सकिने सांसद प्रमोद यादवले बताए ।

खेतियोग्य जमिन खण्डीकरण भएकोले कृषी भूमि हराउँदै गएकोले खण्डीकरण तत्काल रोकी किसानले उत्पादन गरेको वस्तु स्थानीय सरकारले बजारीकरण गरे कृषिमा आत्मनिर्भर हुन सक्ने रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

कार्यक्रममा रुपन्देही र नवलपरासी जिल्लाका सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस