एनएमबि बैंकको नाफा बढेर २ अर्ब ३१ करोड - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

एनएमबि बैंकको नाफा बढेर २ अर्ब ३१ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
एनएमबि बैंकको नाफा बढेर २ अर्ब ३१ करोड
LBEF
NCH-IPS

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एनएमबि बैंकको नाफा एक चौथाईले बढेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो  अघिल्लो वर्षको तुलनामा २४.६१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष बैंकले बैंकले १ अर्ब ८५ करोड ३७ लाख खुद नाफा गरेको थियो ।  बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा  सुधार आएकाले खुद नाफा  सुधार भएको हो ।   एनएमबि बैंकको प्रतिशेयर आम्दानी  २४ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ४९ पैसा रहेको छ । बैंकले गत आवमा ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्ष ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ। 

प्रतिक्रिया दिनुहोस