aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

बीमा समितिले दियो १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
बीमा समितिले दियो १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स
LBF

काठमाडौं । बीमा समितिले १० वटा पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ । पुनर्बीमा ब्रोकरको लाइसेन्स माग गर्दै समितिमा एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । जसमध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।   

समितिका कार्यकारी निर्देशक पौडेलले आवेदन परेका मध्येबाट प्रक्रिया पुर्याएर १० वटालाई पुनर्बीमा ब्रोकर कम्पनीको लाईसेन्स वितरण गरेको बताए । उनले आर्थिकन्युज डटकमसंग भने, ‘असारदेखि हालसम्म गरेर समितिले १० वटालाई पुनर्बीमा ब्रोकर लाइसेन्स वितरण गरेका छौं । आवेद परेका मध्येबाट उनीहरुलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिएका हौं ।’  

समितिले गत असार महिनादेखि नै कम्पनीहरूलाई लाइसेन्स दिन थालिएको पौडेलको भनाई छ । उनका अनुसार जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रिईन्स्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज, एवान रि ईन्स्योरेन्स ब्रोकरलाई बीमा समितिबाट स्वीकृति पाएका छन् ।  

बीमा समितिबाट जारी निर्देशिकामा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालन गर्न पाँच करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्ने उल्लेख छ ।   
 

प्रतिक्रिया दिनुहोस