aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

सञ्चालन नाफा ७ प्रतिशतभन्दा बढीले घटेको मिथिला लघुवित्तको नाफा करिब ३ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
सञ्चालन नाफा ७ प्रतिशतभन्दा बढीले घटेको मिथिला लघुवित्तको नाफा करिब ३ प्रतिशत बढ्यो
LBF

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ५ करोड ७६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव ६७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ७ दशमलव १८ प्रतिशत कम रू. ७ करोड ६९ लाख भएको छ । सञ्चालन नाफा घटेपनि कम्पनीको खराब कर्जा संकलन बढी भएकाले खुद नाफामा सामान्य बृद्धि देखिएको हो । अघिल्लो वर्ष रू. ५३ लाख ९२ हजार खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष रू. १ करोड ३७ लाखभन्दा बढी यो कर्जा संकलन गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम भने रू. ११ करोड ६३ लाखभन्दा बढी छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा १८ दशमलव ४६ प्रतिशत बढी रू. १ अर्ब २४ करोड २७ लाख कर्जा सापटी लिएको छ । सो अवधिसम्म कम्पनीको निक्षेप संकलन भने ४१ दशमलव ४६ प्रतिशत बढी रू. ७० करोड २५ लाख भएको छ ।

कम्पनीको कर्जा प्रवाह भने अघिल्लो वर्षभन्दा करिब २९ प्रतिशत बढी रू. २ अर्ब १७ करोड ४१ लाखभन्दा बढी भएको छ । अघिल्लो वर्ष ३ दशमलव ३० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६१ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ८३ र प्रतिशेयर नेटवर्थ रू. १६८ दशमलव २७ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस