aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

साहस उर्जाले एक वर्षमा कमायो ७१ करोड ५३ लाखभन्दा बढी बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
साहस उर्जाले एक वर्षमा कमायो ७१ करोड ५३ लाखभन्दा बढी बढी नाफा
LBF

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साहस उर्जा लिमिटेडले रू. ७१ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले २९ दशमलव ७९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष कम्पनीले रू. ५५ करोड ११ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो । 

गत वर्ष कम्पनीको कुल आम्दानी साढे २९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ५५ करोड ४७ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७१ करोड ८७ लाखभन्दा बढी कुल आम्दानी गरेको हो ।

प्रशासनिक खर्च भने अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ३६ लाखभन्दा बढी रहेको प्रशासनिक खर्च गत वर्ष रू. ३४ लाखभन्दा बढी मात्र भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड रहेको छ भने जगेडा कोष रकम रू. २ अर्ब २ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ८७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस