aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
himalayanlife
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई आजदेखि विक्रीमा
DHI
NIBL

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते (आज) देखि नयाँ अर्को म्युचुअल फण्डको इकाई विक्री खुला गरेको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुन लागेका एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई विक्रीमा आएको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ हजार इकाई विक्री गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । यी वाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो । 

यो इकाई खरीदका लागि छिटोमा साउन ३१ गतेसम्म विक्रीमा रहनेछ भने  सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ९ गतेसम्म विक्री अवधि लम्बिनेछ । यी इकाई विक्रीको जिम्मेवारी समेत एनएमबि क्यापिटल लिमिटेडलनै पुरा गर्नेछ । इच्छुक खरीदर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर वेव तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ । दश वर्षे अवधिको बन्दमुखि प्रकृतिको योजना क्यापिटलले सञ्चालन गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस