aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

समृद्धि फाइनान्सको १० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ साउन २०७९
Sanima Bank
समृद्धि फाइनान्सको १० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा
LBF

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर साउन २६ गते (आज) देखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा यो शेयर विक्री गर्न लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति तथा संस्थाहरूले उल्लेखित शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यो शेयर खरीदका लागि भदौ २ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीको भनाई छ । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

खरीदकर्ताहरूले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस