aarthiknews.com विहीबार, १८ असार २०७७   Thursday, 02 July, 2020
 
Citizen life

धारा ३ सय ७० हटाउनु देशबासीको चाहनाः माेदी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise
HIb
धारा ३ सय ७० हटाउनु देशबासीको चाहनाः माेदी
LBEF

काठमाडौं । भारतले आज आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाइ रहेको छ । दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् ।

उनले संविधानको धारा ३ सय ७० हटाउने आफ्नो कदमको बचाउ गर्दै हरेक देशबासीले चाहेको काम गरेको बताए । ७० बर्षको अवधिमा हरेक सरकारले केही न केही प्रयास गरेपनि राम्रो परिणाम नआएपछि नयाँ शीराबाट आफुले काम गरेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

उनले जम्मू–कश्मीर र लद्दाखका नागरिकको सपना पूरा गर्नु आफ्नो दायित्व रहेको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले आफुले सपथ लिएको दश हप्ताभित्र तीन तलाकको कानुन बनाएको, आतंकबादसँग जोडिएको कानुनमा संशोधन गरि मजबूत बनाएको, किसानहरुलाई ९० हजार करोड रुपैंया बाँडेको, किसान र व्यापारिका लागि पेन्सनको व्यवस्था गरेको लगाएतका सरकारी उपलब्धिका बारेमा चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस