टेलिकमको सवा ७ अर्ब नाफा कसरी घट्यो ? - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

टेलिकमको सवा ७ अर्ब नाफा कसरी घट्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
टेलिकमको सवा ७ अर्ब नाफा कसरी घट्यो ?
LBEF
NCH-IPS

काठमाडौं । सरकारी लगानीसमेत रहेको दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षको सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४८.६१ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । तर, गत आवमा कम्पनीले जम्मा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको ७ अर्ब २२ करोड ५६ लाख रुपैयाँ नाफा घट्नुका पछाडिे गत वर्ष कम्पनीले लाइसेन्स नवीकरण शुल्कवापत ४ अर्ब २ करोड ६९ लाख रुपैयाँ बुझाएका कारण खुद नाफा घटेको बताइएको छ । कम्पनीले गत वर्ष सेवा बिक्रीबाट गत वर्ष ४३ अर्ब ४८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ४५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो शीर्षमा पनि करिब २ रुपैयाँ घटेका कारण नाफा घटेको बताइएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेर ६८ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११६ रुपैयाँ थियो । कम्पनीको प्रशासनिक खर्च भने ११ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस