सेञ्चुरी कमर्सियल बैंकको नाफा घट्यो - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

सेञ्चुरी कमर्सियल बैंकको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
सेञ्चुरी कमर्सियल बैंकको नाफा घट्यो
LBEF
NCH-IPS

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरी कमर्सियल बैंकको नाफा घटेको छ ।  बैंकले गत आर्थिक वर्ष ८६ करोड ८ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले अघिल्लो आवमा ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २३ पैसा र प्रतिशयर नेटवर्थ १२० रुपैयाँ ८ पैसा रहेको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । ५७ अर्ब निक्षेप संकलन गरेर बैंकले ५६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको वितरण योग्य नाफा ५३ करोड रुपैंयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस