aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

काठमाडौं महानगरको बजेट खर्च ४४.२४ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
Sanima Bank
काठमाडौं महानगरको बजेट खर्च ४४.२४ प्रतिशत
LBF

काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८÷७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।

गत आर्थिक वर्षका लागि कामपाले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  जसमा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ रुपैयाँ खर्च भएको छ । 

बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनु पर्नेमा जोड दिए । जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने  धारणा राखे ।  

बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस