aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
Sanima Bank
मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य
LBF

काठमाडौं । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् विचमा नेपाली कथानक चलचित्र “महापुरुष” का लागि सम्झैतापत्रमा हस्ताक्षर गरिएको छ । आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ आज सम्झौता भएको हो । 

उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो भने षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।  

उक्त चलचित्र आगामी कात्तिक ११ मा  रिलिज हुन गइरहेको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् । 

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस