aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ साउन २०७९
Sanima Bank
टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने
LBF

काठमाडौं । सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको हो । 

हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ । इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले आफ्नो मोबाईल मार्फत सहजै रकम भुक्तानी गर्न सकिने जनाएको छ । 

नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सकिने छ । यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने कम्पनीले जनाएको छ । 

इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । 

टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने, ‘आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस