aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

थप ९३४ जनामा कारोना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ साउन २०७९
Sanima Bank
थप ९३४ जनामा कारोना संक्रमण, एक जनाको मृत्यु
LBF

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४९८ र एन्टीजेन परिक्षण गर्दा ४३६ गरी जम्मा ९३४ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४७० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ३५१ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३२ हजार ५३४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस