aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

‘यस रेमिट प्रालि’को इजाजतपत्र रद्द हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ साउन २०७९
‘यस रेमिट प्रालि’को इजाजतपत्र रद्द हुँदै
NIBL

काठमाडौं । ‘यस रेमिट प्रालि’को इजाजतपत्र रद्द हुने भएको छ । नेपाल राष्ट्र बैंकले काठमाडौंको लैनचौरमा रहेको यस रेमिट प्रालीको इजाजतपत्र रद्द गरिने जनाएको हो ।  

आइतबार राष्ट्र बैंक विदेशी व्यवस्थापन विभागले एक सुचना जारी गर्दै भनेको छ,  ‘यस रेमिट प्रालि का.म.न.पा २६, लैनचौर, काठमाडौंले सय बैंकबाट बिप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्ध गरिपाउँ भनी पेस गरेको निवेदनउपर आवश्यक कारवाही भइ विदेशी मुद्रा कारोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस विभागमा लिखित रुपमा जानकारी दिनहुन यो सुचना प्रकाशित गरिएको छ ।’


 

प्रतिक्रिया दिनुहोस