aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

विश्वलाई आणविक प्लेगको चेतावनी

  • केदार सिटौला
    केदार सिटौला
  • शनिबार, २१ साउन २०७९
nepalmegaschool
विश्वलाई आणविक प्लेगको चेतावनी
LBF

हिरोशिमामा आणविक बमले शहर नस्ट गरेको र संसार हल्लाएको ३० दिन पछि पनि मानिसहरु मरिरहेका छन्, रहस्यात्मक र भयानक रुपमा । ति मानिसहरु जो प्रलयबाट घाइते भएका थिएनन्, एउटा अज्ञात कुराबाट, जसलाई म आणविक प्लेगको रुपमा मात्र बर्णन गर्न सक्छु। 

हिरोशिमा बमबारी गरिएको सहर जस्तो लाग्दैन। यस्तो लाग्छ यसमाथिबाट एउटा भीमकाय स्टिम रोलर हिँडेको छ र कुल्चिएर यसको अस्तित्व नै मेटाईदिएको छ। म यो तथ्य निरपेक्षतापुर्बक लेखिरहेको छु, म आशा गर्छु, यसले बिश्वलाई चेतवानीको काम गरोस्। आणविक बम परिक्षण गरिएको पहिलो ठाउँमा मैले युद्धको चार बर्ष मध्येको सबै भन्दा भयानक र डरलाग्दो उजाडता देखेको छु। यसले तिब्र आक्रमण गरिएको प्यासेफिक दीपहरु स्वर्ग जस्तै लाग्छन्। यहाँ क्षतिको परिणाम फोटोले देखाउन सक्ने भन्दा कयौ गुणा बढी छ।

तपाई जब हिरोशिमा पुग्नुहुन्छ तपाइले २५ र सायद ३० माइल वरिपरी हेर्दा एउटा घर समेत देख्न सक्नुहुन्न। मानिसले सिर्जना गरेको यस्तो बिनाश देख्दा तपाइलाई ऐठन् हुन्छ। मैले बाटो पहिलाउँदै लोप भैसकेको शहरको मध्य भागमा रहेको टहरोमा पुगें जसलाई प्रहरीले अस्थाई मुख्यालयको रुपमा प्रयोग गरिरहेको थियो। त्यहाँबाट दक्षिणतर्फ हेर्दा ३ माइलसम्म रातो रंगको इँटा र ढुंगाको थुप्रो देखिन्थियो। शहरका दर्जनौ टोलहरु,भवन, घर, फ्याक्ट्री र मानवहरु मध्ये एटम बमले छोडेको अवस्थामा थिए ।

त्यहाँ २० वटा चिम्नी बाहेक अरु केहि उभिएका छैनन्, बिना फ्याक्ट्रीका चिम्नीहरु। म पश्चिम तर्फ हेर्छु त्यहाँ पनि आधा दर्जन उदाश घरहरु छन्। अनि त्यसपछि केहि छैन। हिरोशिमाका प्रहरी प्रमुखले मलाई शहरमा आइपुगेको पहिलो मित्र शक्तिको पत्रकारको रुपमा उत्सुकुता पुर्वक स्वागत गरे। जापानको संवाद समिति डोमोईको स्थानिय म्यानेजरलाई पनि साथमा लिएर मलाई उनले शहर भित्र अझ भन्दा शहरमा माथिसम्म घुमाए। र, उनले मलाई अस्पतालहरुमा पनि पुर्याए जहाँ बममा पिडितहरुको अझै उपचार भैरहेको थियो। मैले ती अस्पतालहरुमा बम खस्दा कुनै चोटपटक नलागेका मान्छेहरु पनि भेटेँ जो अहिले त्यसको रहस्मय दुस्परिणामको कारणले मरिरहेका थिए।

बिना कुनै कारण उनीहरुको स्वाथ्य खस्किदै जान्छ। उनीहरुको भोक हराउदै जान्छ। कपाल झर्न थाल्छ। शरीरमा निला टाटा देखा पर्न थाल्छन। अनि कान, नाक र मुखबाट रगत बग्न सुरु हुन्छ। डाक्टरहरुले मलाई सुनाए अनुसार उनीहरुले सुरुमा यसलाई सामान्य शाररिक कमजोरीको लक्षण रुपमा लिए। उनीहरुले आफ्ना बिरामीहरुलाई भिटामिन ए को इन्जेक्सन दिए। यसको परिणाम भयानक निस्कियो। इन्जेस्क्सनले बनाएको प्वालबाट मासु सड्न थाल्यो। र, हरेक मामिलामा पिडितको मृत्यु हुन्थियो। 

यो मानिसले पहिलो पटक खसालेको आणविक बमको दुष्परिणाम थियो र म अरु यस्ता उदाहरणहरु हेर्न चाहन्नथे। तर महिना दिन पुरानो भग्नावसेशमा हिडिरहदा मैले अरु पनि भेटेँ। 

गन्धकको गन्ध 
मेरो नाकले अहिलेसम्म कहिले नसुघेको गन्ध पत्ता लगायो। यो गन्धक जस्तै जस्तै थियो तर त्यहि चाहीँ होईन। म यसलाई सुँघ्न सक्थेँ जव म अझै पनि आगो दन्किरहेको वा त्यस्तो ठाउँ जहाँ भग्नावसेशबाट अझै लाशहरु खोजि गरिरहेको होस्। तर, म यसलाई त्यहाँ पनि सुघ्न सक्थे जहाँ सबैले छोडेर रिक्त थियो। उनीहरुले ठान्थे यो जमिनबाट अझै पनि निस्किदै गरेको बिषालु ग्यासको कारणले गर्दा हो जसले युरेनियम परमाणु विभाजित हुँदा निस्केको विकिरणलाई सोसेको थियो। र, अहिले हिरोशिमामाका मानिसहरु मुख र नाकमा माक्स र गज लगाएर उदास र रित्तो सहरमा हिडिरहेका छन् जसमाथि कुनैदिन उनीहरुलाई गर्व हुन्थियो। यसले उनीहरुलाई शाररिक रुपमा केहि मदत गर्दैन तर मानसिक रुपमा भने सहयोग गर्छ। 

हिरोशिमामा बिनाश जुन क्षणबाट सुरु भयो बाँचेका मानिसहरुले गोरा मानिसहरुलाई घृणा गर्न थालेका छन्। यो घृणाको तिब्रता बम जत्तिकै डरलाग्दो छ। 

अहिलेसम्म गनिएका मृतकको संख्या ५३ हजार छ। अरु ३० हजार हराइरहेका छन्, जसक अर्थ हो उनीहरुको मृत्यु भैसक्यो। म हिरोशिमामा बसेको दिन जुन बम हमलाको करिब एक महिनापछि हो, यसको प्रभावबाट दैनिक १०० जनाको मृत्यु भइरहेको छ। 

अल क्लियर 
बिस्फोटबाट १३ हजार जना गम्भीर रुपमा घाइते भएका थिए। तिनीहरु दैनिक १०० जनाको दरले मर्दैछन्। सायद उनीहरु सबै मर्नेछन्। अरु ४० हजार जना सामान्यरुपमा घाइते छन्।

एउटा त्रासदीपूर्ण गल्ति नभएको भए हताहतको संख्या यस्तो उच्च हुने थिएन। त्यहाँको प्रसासनले यसलाई अरु जस्तै साधारण हवाई हमला सोच्यो। प्लेन आफ्नो लक्ष्यसम्म पुग्यो र प्यारासुटलाई झारीदियो जसले बिस्फोट हुने बिन्दुसम्मको लागि बम बोकेको थियो। अमेरिकी प्लेन मानिसहरुको दृष्टिबाट ओझेल भयो। हवाई हमला खतम भएको संकेत अल क्लियर प्रसारण गरियो। हिरोशिमामा मानिसहरु शेल्टरबाट बाहिर निस्के। करिव १ मिनेट पछि बम २००० मिटरको उचाइमा झर्यो जहाँ गएर यो बिस्फोट हुने समय सेट गरिएको थियो। त्यो क्षण हिरोशिमाका सबै मानिसहरु सडकमा थिए।

बमले उत्पन्न गरेको भयानक गर्मीले सयौ मृतकहरु यसरि जलेका थिए कि उनीहरु महिला हुन् कि पुरुष वा युवा हुन् कि बृद्ध भनेर भन्न पनि सम्भव थिएन। 

बिस्फोटको केन्द्र नजिक रहेका हजारौको त कुनै सुराग नै भेटिएन। उनीहरु बेपत्ता भए। हिरोशिमामा एउटा अनुमान अनुसार आणविक उर्जा यति ज्यादा थियो कि उनीहरु जलेर खरानी भए। तर त्यहा कुनै खरानी समेत भेटिएन। 

ढुङ्गा, गिटी र माटोको थुप्रो

राजदरवार, कुनै समयको भब्य भवन अहिले ३ फिट अग्लो ढुंगा र इँटाको थुप्रो मात्र छ। र, एक टुक्रो गाह्रो बचेको छ। छाना, भुई र सबैथोक धुलो बनेको छ। हिरोशिमामा एउटा मात्र सग्लो भवन छ ( बैंक अफ जापान। यो यस्तो शहरमा जसको जनसंख्या युद्ध सुरु हुँदा ३ लाख १० हजार थियो।

प्राय जसो सबै जापानिज बैज्ञानिकहरुले मानिसहरुको पिडा निवारण गर्ने उपाय खोज्नको लागि यो तीन हप्ता यता हिरोशिमाको यात्रा गरिसकेका छन्। अहिले तिनीहरु आफै नै पिडित बनेका छन्। धेरै मानिसहरुलाई झरेका इँटा, स्टिलका टुक्रा लागेर हल्का चोटपटक लागेको थियो। उनीहरु चाडै निको हुनु पर्थ्यो। तर निको भएनन्। उनीहरुमा अचानक गम्भीर रोगको बिकास भयो। उनीहरुको गिजाबाट रक्तश्राव सुरु भयो। त्यसपछि रगत बान्ता गर्न थाले। र, अन्त्यमा उनीहरुको मृत्यु भयो। उनीहरुले मलाई बताए अनुसार यो सब परिघटनाको कारण एटम बम बिस्फोटबाट विसर्जित विकिरणले गर्दा भएको हो। 

विषाक्त पानी 
उनीहरुले पत्ता लगाए अनुसार रासायनिक प्रतिक्रियाका कारण पानि विषाक्त भैसकेको छ। अहिले पनि हिरोशिमामा खपत हुने हरेक थोपा पानि अरु सहरहरुबाट आउँछ। हिरोशिमाका मानिसहरु अहिले पनि डराइरहेका छन।  

बैज्ञानिकहरुले हिरोशिमा र नागशाकीमा बमको प्रभावमा ठुलो फरक बारे नोट गरेको कुरा मलाई बताए। हिरोशिमा समथर ठाउँ हो। नागाशाकी पहाडी ठाउँ हो। जव हिरोशिमामा बम खसालियो त्यस बेला मौसम खराब थियो र  त्यस लगत्तै आंधी बर्सात बिकास भयो। उनीहरुलाई बिश्वास छ युरेनियम विकिरण जमिनमा जान थाल्यो। जसका कारण अहिले पनि धेरै मानिसहरु बिरामी पर्दैछन् र मर्दैछन्। अहिले पनि मानव सिर्जित प्लेगको कारण यहि हो।

उता नागशाकीमा मौसम उत्तम थियो र बैज्ञानिकहरुका अनुसार विकिरणलाई तिब्र गतिमा बायुमंडलमा छरिन मौका मिल्यो। त्यसका अलावा एटम बमको ठुलो शक्ति समुन्द्रमा खेर गयो। जहाँ माछाहरु मात्र मरे। 

आफ्नो सिद्दान्तलाई पुस्टि गर्न बैज्ञानिकहरु यो तथ्य तर्फ इंगित गर्छन् कि नागशाकीमा मृत्यु तिब्र गतिमा अचानक आयो र त्यहाँ हिरोशिमाले भोगे जस्तो उत्तरप्रभाव देखिएको छैन। 

(अमेरिकाले दोश्रो एटम बम खसाले पछि अगस्त १९४५ मा जापानले आत्मसमर्पण गर्यो। अमेरिकाले सो आत्मसमर्पण समारोहलाई कभर गर्न सयौं पत्रकारलाई पास उपलव्ध गरायो। सबै पत्रकारहरु अमेरिकी युद्धपोत युएसएस मिसौरीमा पुगे। तर, एक जना अस्ट्रेलियाली पत्रकार वेल्फ्रेड ब्रुसेट त्यो घेरा तोडेर सेप्टेम्बर २ तारिखका दिन बिहान २ बजे हिरोशिमा जाने रेलमा चढे। उनले आफुसंग सात छाक खाना, छाता र एउटा टाइपराइटर बोकेका थिए। वेल्फ्रेड ब्रुसेट हिरोशिमा प्रवेश गर्ने पहिलो बिदेशी पत्रकार बने। वेल्फ्रेड ब्रुसेटले हिरोशिमा बारे लेखेको खबर The Atomic Plague लाई  शताब्दि कै स्कूप खबर मानिन्छ। उनकाे त्यही स्कुप न्युजको अनुवाद केदार सिटौलाबाट) 

 

प्रतिक्रिया दिनुहोस