
काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स चिरायु मुद्धती योजना’ सार्वजनिक गरेको छ । बैंकले शनिबार थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ सार्वजनिक गरेको हो । सोहि अवसरमा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’खाताको शुभारंभ गरेको छ ।
यी मुद्धती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमका बिच आजदेखि आरम्भ भएको घोषणा गरे । शाखा प्रबन्धकहरु त्था बरिष्ट व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैकंलाई सुशासनमा अब्बल बनाउने घाोषणा पनि गरेका छन ।
सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्र्तगत गा्रहकहरूले १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गर्न पाइने योजना रहेको छ । उक्त योवजना अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।
तथा रेमिटेन्स चिरायु मुद्धती योजना गा्रहकहरूले १२ वर्ष ३ महिनादेखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छ ।
यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहक महानुभावहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनुहुनेछ । यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस