
काठमाडौं । नेपाल बैंकले नाफामा १० प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढाएर ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ । त्यस्तै, कर्जा लगानी २०.८६ प्रतिशतले बढाएको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस